बालेनलक्षित ओलीको टिप्पणी : ‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई लक्षित गर्दै देशमा चर्चित भनिएका मान्छेहरु नसामा लट्ठिएको अवस्थामा भेटिने गरेको टिप्पणी गरेका छन् ।

पार्टीको ११ औँ महाधिवेशनका स्वयंसेवकहरुलाई धन्यावाद ज्ञापन गर्न बिहीवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उननले यस्तो टिप्पणी गरेका हुन् ।

जसलाई बेस्सरी चर्चामा ल्याउन खोजिएको छ त्यस्ता मान्छेहरु समेत नसामा भेटिने गरेको उनको भनाइ छ ।ओलीले जेनजीका नाममा त्रास खडा गरेर छट्टु टाठाबाठाले खाने गरेको आरोप समेत लगाए ।

ओलीले चुनावको वातावरण नबनेको पनि बताए । पार्टीको ११औँ महाधिवेशनमा खटिएका युवाहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा उनले राष्ट्रपति र प्रधानमन्त्रीले चुनाव गर्नुपर्छ भने पनि वातावरण बन्ने लक्षण नभएको टिप्पणी गरे ।

“खोई वातावरण बनेको ? वातावरण बन्ने लक्षण छैन । अहिले पनि विभिन्न ठाउँमा आक्रमण हुने, कतै जान नदिने, नेताहरूको आक्रमण, अनेक प्रकारका अखबारबाजी,” उनले भने ।

प्रकाशित मिति : पुस १०, २०८२ बिहीबार  २ : १८ बजे