काठमाडौँस् काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कुपण्डोल पुगेका छन्। बालेनका राजनीतिक सल्लाहकार कुमार बेनको घरमा दुई नेताबिच ‘वन टू वन’ भेटघाट भैरहेको छ।
यसअघि गत सोमबार दुई जनाबिच ६ घण्टा लामो छलफल भए पनि नेतृत्वका विषयमा सहमति नजुट्दा बालेन आफैँ दल निर्माण गरेर अघि बढ्ने तयारीमा जुटेका छन्। बालेन नयाँ शीराबाट राजनीतिक गतिविधिमा सक्रिय भएपछि लामिछाने उनलाई भेट्न पुगेका हुन्।
दुई जनाबिच छलफल भैरहँदा अभियन्ता सुदन गुरुङले बाहिरबाट ढोका लगाइदिएका छन्। ढोकामा चाबी लगाएर उनले सम्झौता नभएसम्म ढोका नखोल्ने बताएका छन्।
उनले भनेका छन्, ‘दुई जना नेताहरू भित्र हुनुहुन्छ। जबसम्म दुई जना मिल्नुहुन्न तबसम्म यो गेट खोलिन्न।हामी चाहिँ यहाँ ताला लगाएर राखेका छौँ।’









