काठमाडौं । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनको परिवर्तन भएको तर कानुनी शासन स्थापित हुन नसकेको बताएका छन्।
शनिबार काठमाडौँ आयोजित एक कार्यक्रम उनले अहिले पनि कानुनी शासन मान्नेभन्दा पनि भनसुन गरिदिनुपर्यो भन्नेखालका आग्रहरू आउने गरेको बताएका हुन्।
रुल अफ ल स्थापित भएपछि मात्रै जेन–जीहरुले अपेक्षा गरेको सुशासन, भ्रष्टाचार नियन्त्रण गर्न सकिने पनि दाबि गरे ।
खनालले बोलेको कुरा सबै लागू गर्नसके मात्रै आशा गरेअनुसारको परिवर्तन सम्भव रहेको दाबि गरे। उनले बोलेको कुरा गर्न कतिपय अवस्थामा नसकिने दाबि गरे ।
प्रणालीमा वाक इन द टकको ठूलो समस्या रहेको भन्दै उनले कुनैपनि दायित्व नलिइकन बोल्दा जति खुला हुन्छ दायित्व लिएर गर्न त्यत्तिकै कठिन रहेको बताए ।









