काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा जान तयार रहेको बताएका छन् ।
शनिबार प्रधानमन्त्री सुशीला कार्कीले गरेको शिर्ष नेताहरुसँगको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सबै राजनीतिक दलहरु निर्वाचनमा जान तयार भएपनि निर्वाचनको वातावरण बन्न नसकेको बताए ।
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने र सुरक्षाको व्यवस्था हुनुपर्ने पनि देउबाको भनाई थियो ।









