काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल शनिबार भएको छ ।
छलफल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी थिए ।
छलफलपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै दलहरु निर्वाचनमा जान तयार रहेको तर वातावरण नबनेको बताएका छन् ।
तेस्ते बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले निर्वाचनमा जाने प्रतिबद्धता जनाएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिएका छन् ।















