एमालेको सचिवालय बैठक जारी



काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

११औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा निर्वाचित भएपछि यो पहिलो सचिवालय बैठक हो ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले यही पुस १३ र १४ गते समानुपातिकको बन्द सूची पेस गर्न समय निर्धारण गरेका सन्दर्भमा बैठकमा छलफल हुने जनाइएको छ।

प्रकाशित मिति : पुस १३, २०८२ आईतबार  ४ : ०५ बजे