काठमाडौं ।यही पुस २७ र २८ गतेका नेपाली कांग्रेसको विशेष महाधिवेशन गर्न भृकुटीमण्डपको प्रदर्शनी हल ‘बुक’ गरिएको छ ।
तोकिएको मितिमा नियमित महाधिवेशन नहुने भएपछि विशेष महाधिवेशन पक्षधरले हल बुकिङ गरेका हुन्।
महामन्त्री थापा निकट एक नेताले महामन्त्री थापा र शर्माको सहमतिमा भृकुटीमण्डपमा हल बुकिङ गरिएको जानकारी दिए ।
पार्टीभित्र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरूले विशेष महाधिवेशनलाई निरन्तर जोड दिँदै आएका छन्। यसअघि ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाएर विशेष महाधिवेशनको माग गरेका थिए।
नियमित महाधिवेशनको मिति तोकिए पनि हुन नसक्ने अवस्था देखिएपछि महामन्त्रीहरूले विशेष महाधिवेशन बाध्यकारी भएको बताउँदै आएका छन् । महामन्त्री थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा पार्टी अगाडि बढेको स्पष्ट पारेका छन्।









