काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित भएको बताएका छन् ।
नियमित महाधिवेशन स्थगित गरि विशेष महाधिवेशनतर्फ अघि बढेको महामन्त्रीद्वय थापा र शर्माले स्पष्ट पारेका छन् ।
उनीहरुले नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी सूचनामार्फत् नै स्थगित गरिएको विज्ञप्तिमार्फत जनाएका छन् ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी यसै सूचना मार्फत स्थगित गरिएको जानकारी गराइन्छ’ उनीहरूले विज्ञप्तिमा भनेका छन् ।









