विधानअनुसार अघि बढ्दा पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा



काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विधानअनुसार अघि बढ्दा पार्टी विभाजन नहुनेकुरामा विश्वस्त हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आग्रह गरेका हून् ।

उनले भने,“विधानअनुसार कुनै पनि कार्य गरेर जाँदै गर्दा फुट्दैन, एकढिक्का रहन्छ । एकढिक्का रहने सन्दर्भमा कसैलाई आशंका छ भने त्यो आशंका नराख्नुभए हुन्छ,”।

उनले पार्टीभित्र एकताको विषयमा उठेका आशंकाहरू निराधार भएको भन्दै पार्टी थप मजबुत र बलियो भएर अघि बढ्ने जिकिर गरे ।

उनले वर्तमान राष्ट्रिय परिस्थितिमा काँग्रेसले महाधिवेशनमार्फत नेतृत्व, नीति र दृष्टिकोण तय गर्दै अघि बढ्नुपर्ने आवश्यकताका आधारमा महाधिवेशनको मिति तय गरिएको भएपनि महाधिवेशन गर्न नसकिएको बताए ।

प्रकाशित मिति : पुस १८, २०८२ शुक्रबार  ४ : २६ बजे