काठमाडौं ।नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी वैशाख २८,२९,३० र ३१ गते काठमाडौंमा हुने भएको छ ।
शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले यसअघि ल्याइएको कार्यतालिका परिमार्जन गर्दै आगामी वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गर्ने नयाँ कार्यतालिका पारित गरेको हो ।









