डा. शेखरले गरे आफूनिकट नेताहरूसँग छलफल, अब विशेष महाविधेशन पक्षधरहरुसँग पनि छलफल गर्ने



काठमाडौं । नेपाली काँग्रेस नेता डा. शेखर कोईरालाले पार्टीका आफूनिकट पदाधिकारी, केन्द्रिय सदस्य, जिल्ला सभापति लगायत नेताहरूसँग छलफल गरेका छन् । कोईरालाले पार्टीभित्र देखिएको पछिल्लो राजनीतिक अवस्थाबारे पहिलो चरणमा आफूनिकट नेताहरूसँग छलफल गरेका हुन्

विशालनगरस्थितसम्पर्क कार्यालयमा शनिवार भएको छलफलमा डा. कोईरालाले पार्टीभित्रको आन्तरिक द्वन्द्व, आगामी निर्वाचनलगायबारे नेताहरूको राय लिएका हुन् ।

छलफलमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पछिल्लो बैठकले गरेका निर्णय, महामन्त्रीदय गगन थापा र विश्वप्रकाश शर्माले प्रश्ताव गरेको विशेष महाधिवेशनको विषय लगायतका सन्दर्भमा कसरी समन्वय गर्न सकिन्छ भन्नेबारेमा छलफल गरिएको नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिए।

नेता डा. शेखर कोईरालाले अब विशेष महाविधेशन पक्षधरहरुसँग पनि छलफल गर्ने उनले जानकारि दिए ।

प्रकाशित मिति : पुस १९, २०८२ शनिबार  १ : ३९ बजे