काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज साँझ भारतको राजधानी नयाँदिल्ली जाँदैछन् ।
नेपाली समाज भारतको निमन्त्रणामा आयोजना हुन लागेको ‘नेकपा एकता सन्देश सभा तथा साक्षात्कार’ कार्यक्रममा उनी प्रमुख अतिथिको रूपमा सहभागी हुन लागेका हुन्।
यो भ्रमण विशेषगरी भारतमा रहेका नेपालीहरूको एकता र उनीहरूका समसामयिक मुद्दाहरूमा केन्द्रित रहने बताइएको छ।
दिल्लीमा हुने उक्त कार्यक्रममा नेता प्रचण्डले प्रवासी नेपालीका समस्या, उनीहरूले पाइरहेका अवसर र चुनौतीका विषयमा विशेष सम्बोधन गर्ने कार्यतालिका रहेको छ।









