ओली र प्रचण्डबीच भेटवार्ता



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

आज (आइतबार) विहान दुई नेताबीच च्यासलमा रहेको एक नेताको घरमा भेटवार्ता भएको हो ।

उनीहरुबिच राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा तालेमेल गर्नेबारे छलफल भएको बताइएको छ ।

प्रकाशित मिति : पुस २०, २०८२ आईतबार  १२ : ५५ बजे