काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सरेको छ ।
आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउसो १ बजेको लागि सरेको हो ।
मुख्यसचिव पौडेलका अनुसार बैठकले उम्मेदवार छनोट र अन्य दलसँगको चुनावी तालमेलबारे छलफल गर्दैछ । निर्वाचनमा सिट बाँडफाँटका विषयमा नेकपा एमाले र माओवादी केन्द्रलगायतका दलहरूसँग शीर्ष तहमा छलफल जारी राखेका छन्।
राष्ट्रिय सभाको निर्वाचनका लागि पनि कांग्रेसले प्रतिनिधित्व सुनिश्चित गर्न र निर्वाचन जित्न सक्ने आधार तय गर्न अन्य शक्तिहरूसँग सहकार्यको हात बढाएको छ ।









