काठमाडौं । नेकपा (एमाले) को केन्द्रिय सचिवालय बैठक जारी छ ।
पार्टी केन्द्रिय कार्यालय च्यासलमा बैठक जारी रहेको हो ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, आसन्न राष्ट्रियसभा निर्वाचन र प्रतिनिधि सभा निर्वाचन सम्बन्धी रणनीति तथा आगामी केन्द्रिय कमिटी बैठकको तयारीबारे छलफल हुनेछ ।
विशेष गरी पुस २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने पार्टीको दोस्रो केन्द्रिय कमिटी बैठकका लागि प्रश्तावहरू अन्तिम रूप दिने कार्यसूचि छ ।









