बालेन, रवि र कुलमानलाई लक्षित गर्दै ओलीले भने-२० वर्षसम्म चुनाव जित्नेवाला छैनन्



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र साह, कुलमान घिसिङहरुले अझै बीस वर्ष निर्वाचन नजित्ने दाबी गरेका छन् ।

पार्टीमा आवद्ध नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी प्रहरी संगठन ९नेपोन०ले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो जिकिर गरेका हुन् । अध्यक्ष ओलीले मुलुकमा निर्वाचन भए एमालेले जित्ने पनि दाबि गरेका हुन्।

एमालेले अनेक उतारचढाव झेलेर अघि बढ्दै आएकोले निराश नहुने ओलीको दाबि छ ।

उनले भने, ‘हामी त्यति सजिलो परिस्थितिमा छैनौँ, अप्ठ्यारो अवस्थामा छौँ । तर लामो इतिहास भएकोले हामी अप्ठ्यारो पर्दा पनि निराश हुँदैनौँ । हाम्रो इतिहास भनेको अनेक जाडो–गर्मी, उकाली–ओराली पार गर्दै आएको इतिहास हो ।’

अध्यक्ष ओलीले पछिल्लो समय देश पछाडि गएको भन्ने भाष्य गलत रहेको दाबी गरे ।व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको भन्ने धारणा गलत रहेको उल्लेख गर्दै उनले देशमा औद्योगिकीकरण बढ्दै गएको र नयाँ नीति, विधि, तरिका तथा स्रोतहरू अपनाइएको बताए ।

प्रकाशित मिति : पुस २३, २०८२ बुधबार  ५ : ३२ बजे