काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति बन्नका लागि आफूहरुले विशेष महाधिवेशनको माग नगरेको स्पष्ट पारेका छन् ।
बुधवार बुद्धिजीविहरुसँगको छलफलका क्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् ।
उनले केही नेताहरुले आफू सभापति बन्नका लागि पार्टीमा विरोध गरिरहेको छ भन्ने आरोप लगाएको भन्दै आफूहरुलाई सभापति बन्ने चाहना नरहेको दाबि गरे।
थापाले सभापति बन्ने चाहना राख्ने डा. शेखर कोईराला वा अन्य कोही पनि नेताहरु सभापति बन्नसक्ने बताए ।
उनले कारोबारी राजनीतिलाई अन्त्य गर्न जरुरी रहेकोमा जोड दिए ।









