गगन-विश्वले गरे कांग्रेस विशेष महाधिवेशनको आह्वान,सहभागी हुन प्रतिनिधिलाई आग्रह



काठमाडौं, २३ पुष । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका छन्। उनीहरुले संयुक्त वक्तव्य जारी गरेर आह्वान गरेका हुन् ।

उनीहरुले संयुक्त वक्तव्य मार्फत पुस २७ गते काठमाडौंको भृकुटीमण्डपमा हुने विशेष महाधिवेशनमा सहभागी भई व्यवस्थित र भव्यरुपमा सम्पन्न गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई आह्वान गरेका छन् ।

विधानको व्यवस्थाबमोजिम विशेष महाधिवेशनको आह्वान गरेको महामन्त्रीद्वयले जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख छ। विधान बमोजिम निवेदन दिइसकेपछि विशेष महाधिवेशन बोलाउन नसक्ने अवस्थाको परिकल्पना नेपाली कांग्रेसको विधानले गरेको छैन । विधान बमोजिम कारणसहित माग गरेको विशेष महाधिवेशनलाई असान्दर्भिक वा औचित्यहीन भन्ने अधिकार विधानले कसैलाई प्रदान गरेको छैन”, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गरेको वक्तव्यमा भनिएको छ”

महामन्त्रीद्धयले विशेष महाधिवेशन आह्वान गर्नुअघि आजै उनीहरुले बुद्धिजिवीहरुसँग पनि अन्तरक्रिया गरेका थिए । यस्तै, विशेष महाधिवेशन पक्षधरले पनि पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशन बाध्यात्मक बनेको भन्दै विज्ञप्ति जारी गरेका थिए ।

प्रकाशित मिति : पुस २३, २०८२ बुधबार  ७ : १६ बजे