काठमाडौं । नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीको विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा आफैँ सहभागी हुनुपर्ने बताएका छन् ।
शुक्रबार विशेष महाधिवेशन स्थल भृकुटीमण्डप पुगेर उनले उक्त कुरा बताएका हुन्।
‘७७ वटै जिल्लाका साथीहरू हामीसँग छन् । सबै जिल्लाका महाधिवेशन प्रतिनिधिहरू हाम्रा हुन् । नेपाली काँग्रेसका हुन । जो वर्तमान र भविष्यका पनि हुन् । त्यसो हुनाले नेताहरूलाई पनि हामीले मिलाएर लिएर जान्छौं । विशेष महाधिवेशनमा सभापति पनि आउनुपर्छ, यो उहाँको पार्टी हो यो,’ उनले भने ।
नेता भण्डारीले पुस २७ र २८ गते हुने महाधिवेशनमा सबै जिल्लाका महाधिवेशन प्रतिनिधिहरु सहभागी हुने भएकाले सबै नेताहरु त्यसमा सहभागी हुने विश्वास समेत व्यक्त गरे ।









