काठमाडौं । काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा नेपाली कांग्रेसको विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ।
आइतबारदेखि सुरु हुने महाधिवेशनका लागि भृकुटीमण्डपमा स्टेज बनाउने, ब्यानरले सजाउनेलगायतका काम धमाधाम भइरहेका छन्।
कार्यक्रमस्थल सिंगार्ने काम, मञ्च व्यवस्थापन तथा सुरक्षा तयारी तीव्र रूपमा अघि बढाइएको छ।
नेपाली कांग्रेसको भोलि आइतबारदेखि शुरु हुने विशेष महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा चहलपहल बढेको छ।
महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेसँगै प्रतिनिधि, नेता तथा कार्यकर्ताहरू भृकुटीमण्डपमा भेला भइरहेका छन् ।


















