काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचनलाई वैशाख २१ मा सार्न उपयुक्त हुने धारणा राखेका छन् ।
शनिबार काठमाडौंमा आयोजित आगामी फागुन २१ मा हुने निर्वाचनको विषयमा आयोजित छलफल कार्यक्रममा बोल्दै पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेतीले यस्तो धारणा राखेका हुन् ।
उनले देश तथा विदेशमा रहेका सबै मतदाताहरुलाई मतदानको अवसर दिन निर्वाचन २ महिना पछि सार्न उपयुक्त हुने टिप्पणि गरे ।
लोकतन्त्रमा सबैले निर्वाचनमा मत हाल्न पाउने अधिकार भएकाले पनि त्यसको व्यवस्था गर्न पनि निर्वाचन तोकिएको मितिबाट केही समय पछि सार्न आवश्यक रहेको उनले बताए ।









