कार्यकर्तालाई ओलीको निर्देशन : निर्वाचन हुनसक्छ, तयार रहनु



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा केन्द्रित हुन पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

एमालेको शनिवार आयोजित केन्द्रिय कमिटीको बैठकमा उनले निर्वाचनको तयारी गर्न निर्देशन दिएका हुन् ।

उनले निर्वाचनको वातावरण बनि नसकेको भएपनि निर्वाचन गर्नुपर्ने बताए। नेताहरुलाई विभिन्न लाञ्छना तथा आरोप लगाउने, फसाउन खोज्ने जस्ता प्रवृत्ति अझै रहेको उल्लेख गर्दै उनले भयरहित निर्वाचनको वातावरण बनाउन सरकार असफल भएको आरोप लगाए ।

ओलीले विभिन्न वाहानामा निर्वाचन सार्ने वातावरण भइरहेको बताउँदै फागुन २१ गते नै निर्वाचन गर्न पनि सरकारसँग आग्रह गरे ।

प्रकाशित मिति : पुस २६, २०८२ शनिबार  ९ : ०९ बजे