काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरुले आयोजना गरेको विशेष महाधिवेशन बैधानिक भएको दाबी गरेका छन् ।
भृकुटीमण्डपमा जारी पार्टीको विशेष महाधिवेशनमा समसामयिक राजनीतिक प्रश्ताव पेश गर्दै उनले संविधान, कानून र निर्वाचन आयोगले समेत आफूहरुले आयोजना गरेको विशेष महाधिवेशनलाई अवैधानिक भन्न नसक्ने जिकिर गरेका हुन् ।
महामन्त्री थापाले विशेष महाधिवेशनको बैधानिकतामाथि कानून प्रश्न उठाउने आँट कसैले गर्न नसक्ने समेत दाबि गरे ।









