काठमाडौं । नेपाली काँग्रेस विशेष महाधिवेशन पक्षधरहरुले महाधिवेशनमा सहभागी भइ हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरुको संख्या सत्तरी प्रतिशत पु¥याउने दाबी गरेका छन् ।
सोमवार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै महाधिवेशन पक्षधरहरुले यसबारे जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन पक्षधर नेता सुवास पोखरेलले आईतवार विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेहरुको संख्या २ हजार ६ सय ६२ रहेकोमा सोमवार ६।२४ प्रतिशतले बढेको दाबि गरे ।
पोखरेलले संस्थापन पक्ष विधानले नचिन्ने भन्दै पार्टीका नेताहरुलाई बन्दसत्रमा सहभागी हुन समेत आह्वान गरे ।









