काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । कांग्रेसले मंगलबार (भोलि) बिहान ११ बजे बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र ७ वटै प्रदेशका सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरेका छन् ।
नेपाली कांग्रेसभित्र देखिएको विवाद मिलाउन नेताहरुले विभिन्न मध्यमार्गी प्रस्तावमा छलफल गरिरहेको र कुरा मिलेको खण्डमा मंगलबारको केन्द्रीय समितिको बैठकबाटै सहमति अनुसारको निर्णय गरि काँग्रेसको जारि विशेष महाधिवेशनमा प्रस्तुत गर्ने तयारि रहेको छलफलका सहभागि एक नेताले जानकारि दिए ।










