कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्व चुन्न निर्वाचन कार्यतालिका सार्वजनिक



काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका निम्ति निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् ।

समितिले आज राति ९ बजेदेखि १ बजेसम्म मतदान हुने गरी तालिका प्रकाशित गरेको हो।

मतदान प्रक्रिया भने आज दिउँसोदेखि सुरू हुने निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख छ।

प्रकाशित मिति : पुस २९, २०८२ मंगलबार  १ : ५४ बजे