कांग्रेस बैठक भोलि बिहानलाई सारियो, सहमति जुटाउन नेताहरूबीचको छलफल तिब्र



काठमाडौं । आज बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसि स्थगित भएको छ।

नेपाली कांग्रेसले बोलाएको केन्द्रीय समिति बैठक आज पटक पटक सार्दा पनि औपचारिकताका लागि केहीबेर मात्रै बसेर स्थगित भएको हो ।

बैठक सुरु नहुँदै खड्का बाहिरिएपछि उपसभापति धनराज गुरुङले औपचारिकताका लागि बैठक सञ्चालन गर्दै बैठक भोलि बिहान ८ बजे बस्ने गरि स्थगित भएको बताए ।

सहमतिको प्रयास जारी रहेको बताउँदै आजका लागि बोलाइएको बैठक औपचारिकरुपमा प्रवेश नै नगरी सकिएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

प्रकाशित मिति : पुस २९, २०८२ मंगलबार  ८ : २६ बजे