काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठक जारी छ ।
पार्टी केन्द्रिय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा शुरु भएको बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र पार्टीभित्रको आन्तरिक विवाद मुख्य एजेण्डा रहेको छ ।
बैठकमा विशेष महाधिवेशन पक्षधरको आठबुँदे प्रस्तावका विषयमा छलफल हुने बताइएको छ ।









