कांग्रेस विशेष महाधिवेशन : आज राति ८ बजेदेखि मतदान



काठमाडौं । नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन निर्वाचन समितिले निर्वाचनका संशोधित कार्यतालिका सार्वजनिक गरेको छ ।

भृकुटीमण्डपमा जारी महाधिवेशनमा सहमति र वार्ताका प्रयासहरू भइरहँदा निर्वाचन समितिले प्रक्रियालाई तीव्रता दिँदै नयाँ समय तालिका सार्वजनिक गरेको हो।

उम्मेदवारीमाथि दाबी विरोधका लागि दिउँसो ४ देखि ४:३० सम्मको समय तोकिएको छ।

उम्मेदवारको मनोनयन दर्ता फिर्ता लिन चाहनेका लागि साँझ ५:०५ ५:३५ सम्मको समय छुट्याइएको छ।

उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन बेलुका ६ बजे हुने र मतदान प्रक्रिया बेलुकी ८ बजेदेखि ११ बजेसम्म हुने उल्लेख छ ।

प्रकाशित मिति : पुस ३०, २०८२ बुधबार  ३ : २८ बजे