कांग्रेस विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति निर्वाचित भएको घोषणा



काठमाडौं, १ माघ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको नाम घोषणा गरिएको छ ।

काठमाडौंमा आइतबारदेखि जारी विशेष महाधिवशेनबाट आज पार्टी सभापतिमा गगनकुमार थापा उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए।

प्रकाशित मिति : माघ १, २०८२ बिहीबार  ८ : ३२ बजे