सभापतिमा निर्वाचित भएपछि गगनले भने- कांग्रेसको शान राख्छु, कसैको पनि शिर झुक्न दिने छैन



काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकताको शिर निहुरिने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सभापति पदमा निर्वाचित भएपछि विशेष महाधिवशेनस्थलमा नेता तथा कार्यकर्ता, शुभेच्छुकलाई सम्बोधन गर्दै उनले पार्टी सदस्यलाई कांग्रेस भएकामा गौरव गर्ने पार्टी बनाउने दृढता व्यक्त गरे ।

‘नेपाली कांग्रेसको सभापतिको नाम लिँदामात्रै पनि गर्वले छाति ।फराकिलो हुन्छ। यो सानो जिम्मेवारी होइन। म इमानदारीतापूर्वक भन्छु, जुन विश्वासको साथ यो जिम्मेवारी सुम्पिनुभएको छ । कसैको पनि शिर झुक्न दिने छैन । नेपाली कांग्रेसको शान राख्छु,’ थापाले भने।

उनले नेपाली कांग्रेसको विशेष महाधिवेशन कांग्रेसको इतिहासमा मात्रै नभई आधुनिक नेपालको इतिहासमा भूइँ तहका कार्यकर्ताले गरेको सबैभन्दा ठूलो हस्तक्षेप भएको उल्लेख गरे ।

प्रकाशित मिति : माघ १, २०८२ बिहीबार  ८ : ४३ बजे