काठमाडौं । काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् ।
पाण्डेले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।
उनले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट रास्वपाको तर्फबाट उम्मेदवारी दिने चर्चा छ ।









