काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आज राजीनामा दिँदैछन्।
स्रोतका अनुसार आज राजीनामा दिएर उनी दिउँसो २ बजे बस्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटी बैठकमा सहभागी हुँदैछन्।
उनी २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौंको मेयर बनेका थिए ।
रास्वपाले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा बालेनलाई झापा ५ बाट उम्मेदवार बनाउँदै छ ।









