काठमाडौं । राष्ट्रियसभा सदस्यद्वय वामदेव गौतम र भगवती न्यौपानेले पनि पदबाट राजीनामा दिएका छन् ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उनीहरूले लिखित राजीनामा बुझाएका हुन् ।
यसअघि राष्ट्रिय सभाका अर्का सदस्य नारायणकाजी श्रेष्ठले राजीनामा दिएका थिए ।
श्रेष्ठ, गौतम र न्यौपाने फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।









