विधायन व्यवस्थापन समितिको बैठक बस्दै



काठमाडौं । राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने तय भएको छ ।

सोमबार विधायन व्यवस्थापन समितिको १५९ औं बैठक समितिको बैठक कक्ष सिंहदरबारमा बस्न लागिएको हो ।

बैठक दिनको १२ः०५ बजे बस्ने तय भएको छ ।

आजको बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : माघ ५, २०८२ सोमबार  १० : २९ बजे