काठमाडौं। मधेश प्रदेशका पूर्व मुख्यमन्त्री शतिस कुमार सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् ।
आज उनले मधेश प्रदेशसभाका सभामुखलाई राजीनामा बुझाएका हुन् ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ ‘क’बाट उनी प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।
उनी आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वाभिमान पार्टीबाट प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।









