गृहजिल्ला झापा पुगे ओली



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली जेन–जी आन्दोलनपछि लागू भएको यात्रा प्रतिवन्ध फुकुवा भएसँगै पहिलो पटक आफ्नो गृहजिल्ला झापा पुगेका छन् ।

सोमबार उनी हवाइमार्गमार्फत भद्रपुर विमानस्थल हुँदै झापा पुगेका हुन् ।

भद्रपुर विमानस्थलमा ओर्लिएलगत्तै स्थानीय नेता–कार्यकर्ताहरूको बाक्लो उपस्थितिमा उनको स्वागत भएको थियो ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ओली झापा-५ बाट उम्मेदवार बन्दैछन् ।

प्रकाशित मिति : माघ ५, २०८२ सोमबार  १ : ३७ बजे