पूर्णबहादुर खड्का प्रतिनिधिसभा चुनाब नलड्ने



काठमाडौं । नेपाली कांग्रेसको विघटित केन्द्रीय समितिका कार्यवाहक उपसभापति पूर्णबहादुर खड्का आगामी प्रतिनिधि सभा निर्वाचन नलड्ने भएका छन् ।

पार्टीको नवनिर्वाचित कार्यसमितिलाई अवैध भन्दै अदालतमा मुद्दा हालेपछि सोही कार्यसमितिको टिकटमा चुनाब लड्न नैतिकताले नमिल्ने भन्दै खड्का २१ फागुनमा हुन गइरहेको निर्वाचन नलड्ने भएका हुन् ।

सुर्खेत–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल सिफारिसमा भएका खड्का प्रचार– प्रसारका लागि देशभर जाने तर निर्वाचन नलड्ने निर्णयमा पुगेका उनी निकट स्रोतले जानकारी दियो ।

प्रकाशित मिति : माघ ५, २०८२ सोमबार  ३ : ०९ बजे