काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले एकाधबाहेक अधिकांश निर्वाचन क्षेत्रमा उमेदवार टुंगो लगाएको छ ।
आसन्न फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता भोलि (माघ ६ गते) का लागि तोकिएको छ ।
पूर्वप्रधानमन्त्री प्रचण्ड पूर्वी रुकुमबाट उम्मेदवार बनेका छन् ।सहसंयोजक माधव कुमार नेपाल रौतहट–१ बाट, नारायणकाजी श्रेष्ठ सर्लाही–३ बाट, भीम रावल अछाम–१ बाट उम्मेदवार बनेका छन्।









