काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने भएको छ ।
गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापतिमा चुनिएका गगन थापा नेतृत्वको कार्यसमिति शुक्रबार पार्टी कार्यालय सानेपामा गएर पद बहाली गर्ने र पार्टी कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक बस्ने प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
भोलि (शुक्रबार) बस्ने सानेपा बैठकले पार्टी सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने बताइएको छ ।विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि उनी पहिलो पटक पार्टी केन्द्रीय कार्यालय जान लागेका हुन् ।
आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सभापति थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन् ।









