कांग्रेसका मुख्यसचिव पौडेलले दिए राजीनामा



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् ।

विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

उनी कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा निकट नेता हुन्।

पौडेललाई १३ औँ महाधिवेशनबाट देउवा कांग्रेस सभापतिमा निर्वाचित भएपछि मुख्यसचिव नियुक्त गरेका थिए । 

प्रकाशित मिति : माघ ८, २०८२ बिहीबार  ४ : ४५ बजे