सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई



काठमाडौँ । सरकारले प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिएको छ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री अर्यालले सरकाको प्रवक्तामा आफूलाई जिम्मेवारी दिइएको जानकारी दिए ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई दिएको हो।

प्रतिनिधिसभा चुनाव लड्नका लागि यसअघिका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएपछि प्रवक्ताको पद खाली थियो ।

प्रकाशित मिति : माघ ८, २०८२ बिहीबार  ५ : ०४ बजे