काठमाडां । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी, नेपालका उम्मेदवार रेशमलाल चौधरीको उम्मेदवारी खारेज गरेको छ ।
बिहीवार साँझ आयोगले चौधरीको उम्मेदवारी खारेज गरेको निर्णय सुनाएको हो ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेकाअनुसार कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर एकमा नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीको उमेदवारी विरुद्ध परेको उजुरीमा उजुरी कायम हुनेगरी उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको कार्यालयबाट निर्णय भएको छ ।
त्यस्तै आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रम बमोजिम उमेदवारहरुको विरुद्धमा परेको उजुरी उपर निर्वाचन अधिकृतको कार्यालयहरुबाट निर्णय भए बमोजिम चारवटा उजुरीहरु खारेज भएको जानकारी दिए ।









