काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो।
सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर कांग्रेस चुनावी मैदानमा जाँदै छ ।
शुक्रबार दिउँसो १ बजे बस्नेगरी केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ।
केन्द्रीय कार्यसमिति बैठकले भावी प्रधानमन्त्री उम्मेदवारमा सभापति गगन थापालाई घोषणा गरी निर्वाचनमा होमिने, निर्वाचन अभियानसँग सम्बन्धित समिति गठन गर्ने र समसामयिक राजनीतिक सन्दर्भमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।









