ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङ स्थित पाथीभरा मन्दिरको दर्शन गरेका छन् ।
उनी आज बिहान पाथिभरा पुगेर पूजा गरेका हुन् ।
उनी चुनावी प्रचारप्रसारकै क्रममा समर्थक र पार्टी कार्यकर्तासँग इलाम, पाँचथर हुँदै पाथीभरा देवीको दर्शनमा पुगेका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा शाह झापा ५ बाट चुनाव लड्ने छन् ।









