काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले आफूले सधैँ सजिलो बाटो छाडेर अफ्ठ्यारो बाटो रोज्ने गरेको बताएका छन् ।
शनिवार काठमाडौमा आयोजित कार्यक्रममा उनले पार्टी र निर्वाचन दुवैैतिर अफ्ठ्यारो बाटो रोजेको बताएका हुन्।
सभापति थापाले पार्टी र देशको हितका लागि सजिलो बाटो छोडेर अफ्ठ्यारो बाटो रोजेको दाबि गरे ।
विशेष महाधिवेशनमा पार्टीको कार्यकर्ताले दिएको साथले नै आफू पार्टीभित्रै रहन सफल भएको उनको भनाई छ ।
विशेष महाधिवेशनमा समर्थन नपाएको भए आज निष्कासित सदस्यका रूपमा जनतामाझ उभिनुपर्ने अवस्था आउने सभापति थापाको भँनाइ थियो














