काठमाडौं। राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरु भएको छ।
२०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट (सदस्य) रिक्त रहेको छ ।
यसका लागि बिहान ९ः०० बजेदेखि आज दिउँसो ३ः०० बजेसम्म मतदान जारी रहने निर्वाचन आयोगले जनाएको छ।
रिक्त हुने १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको थियो। बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको हो।









