उम्मेदवारी खारेजविरूद्ध रेशम चौधरीको रिटमा सुनुवाइ सकियो,आदेश आउँदै



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर भएको रिटमा सुनुवाइ सकिएको छ ।

रिट निवेदकका तर्फबाट सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको इजलासमा सुनुवाइ सकिएको छ ।आदेशको तयारी भइरहेको छ ।

टीकापुर १ कैलालीको सत्यनारायण भट्टराईले चौधरीविरुद्ध उम्मेदवारी दर्ता गराएका थिए । उजुरीका आधारमा निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएका थिए । आफ्नो उम्मेदवारी खारेजीविरुद्ध चौधरीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिट सुनुवाइको लागि न्यायाधीश बालकृष्ण ढकालको इजलासमा पेशी तोकिएको थियो ।

प्रकाशित मिति : माघ ११, २०८२ आईतबार  ३ : ०३ बजे