आईसीसी महिला टी–२० विश्वकप छनोट: नेपालले टस जितेर फिल्डिङ गर्दै



काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप छनोटको लिग चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डसँग खेल्दैछ ।

त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ रोजेको छ ।

समूहको तेस्रो स्थानमा रहेर सुपर सिक्समा पुग्नका लागि यो खेलमा नेपालले फराकिलो जित हासिल गरेर मात्र पुग्ने छैन अर्को खेलमा नेदरल्यान्ड्सले थाइल्याण्डमाथिसमेत जित निकाल्नु पर्नेछ ।

नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । यस्तै तेश्रो खेलमा भने नेपालले टेस्ट राष्ट्र जिम्बावेलाई हरायो । १० वटा टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : माघ १२, २०८२ सोमबार  १० : १६ बजे