म केवल मत माग्न होइन,माटो र मानिससँग जोडिन आएको हुँ : सभापति थापा



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औं महाधिवेशनबाट पनि आफू नै सभापति बन्ने दाबी गरेका छन् ।

मंगलबार सर्लाहीको बलरा नगरपालिकामा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सर्लाही-४ का उम्मेदवार समेत रहेका थापाले आफू चुनावमा अनुहार देखाएर हराइहाल्ने पाहुना नेता नबन्ने स्पष्ट पारे।

उनले भने, ‘यहाँ समस्याहरू शिक्षामा छ, स्वास्थ्यमा छ, रोजगारीमा छ जुन कुरा देशसँग पनि जोडिन्छ। त्यसैले मधेश आउने कुरा मेरो छनोटको कुरा हो, मेरो सुझबुझको कुरा हो। मैले एकदम रोजेर, छानेर म यहाँको माटोसँग म जोडिन्छु भनेर आएको हो,।

थापाले आफू सर्लाहीका जनतासँग केवल मत माग्नका लागि मात्र नआएको भन्दै यहाँको माटो र मानिससँग भावनात्मक सम्बन्ध गाँस्न चाहेको बताएका छन्।

प्रकाशित मिति : माघ १३, २०८२ मंगलबार  २ : २५ बजे